आइतबार नेपालभर ३०३ काेराेना संक्रमित थपिए, काठमाडाैं उपत्यकामा मात्रै १५४

  २०७७ चैत २९ गते १६:४०     विकासन्युज

काठमाडाैं । आइतबार नेपालभर ३०३ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परिक्षण गर्दा ३०३ जना संक्रमित थपिएका हुन् ।

यस्तै उपत्यकामा मात्रै १५४ जना संक्रमित भेटिएका छन् जसमा काठमाडाैंकाे १२८, ललितपुरकाे १५ र भक्तपुरकाे ११ जना रहेका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या २ हजार ९६१ पुगेकाे छ ।

नेपालमा आजसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १४१ जना निकाे भएसँगैं हालसम्म २ लाख ७४ हजार २०७ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा एक जनाकाे काराेनाकाे कारण मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.