एनआईसी एशियाका सीईओ रोशन कुमार न्यौपानेले पाए ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण

  २०७७ चैत २७ गते १६:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण पाएका छन् । आज (चैत २७ गते) राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गरेकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ साल भदाै ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा उक्त विभूषण प्रदान गरेको हो ।

साथै, सोही समारोहका बीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.