सानिमा बैंकले ल्यायो नयाँ अफर, दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाइने

  २०७७ चैत २७ गते १४:५२     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो ।

अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले उक्त अफर ल्याएको हो । जस अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

यो योजना अन्तर्गत बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट पाउने छन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशित वा अधिकतम १५०० रुपैयाँ सम्मको छुट पाउने बैंकले जनाएको छ ।

जसको लागि सानिमा बैंक र दराज केयमुबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरजराज श्रेष्ठ र दराज केयमुको तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।

यो योजना चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लागू हुने छ । बैंकको डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.