सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई ५ लाख सहयोग

  २०७७ चैत २६ गते १६:५१     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले बिहीबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्नको लागि सहयोग स्वरुप पाँच लाख प्रदान गरेको छ ।

सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गर्ने जानकारी दिएकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.