समता र घरेलु लघुवित्तको बैंकिङ्ग कारोबार चैत ३१ गते बन्द, एकीकृत कारोबार कहिले ?

  २०७७ चैत २५ गते १०:१०     विकासन्युज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको मर्जरपछि आगामी बैशाख २ गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै मर्जरपछि बनेको संस्थाको साे दिनदेखि एकीकृत कारोबार शुरु हुने भएको हो ।

दुबै वित्तीय संस्था एक आपसमा मर्ज हुने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति दिएको थियो ।

यससँगै संस्थाको एकीकृत कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । मर्जपछि बनेको संस्थाको रजिष्टर्ड कार्याल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिक वार्ड नं.८ मा रहने संस्थाले जनाएको छ ।

त्यस्तै, २०७७ बैशाख २ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकोले डाटा माइग्रेसनको लागि चैत ३१ गतेका दिन दुबै वित्तीय संस्थाको बैंकिङ्ग कारोबार बन्द हुने संस्थाले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.