साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

  २०७७ चैत २३ गते १८:३७     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज (चैत २३ गते) दिनको ४ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.