अजोड इन्स्योरेन्सको ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न बोर्डले गठन गर्यो उप-समिति

  २०७७ चैत २३ गते १७:३०     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर काराेबारमा भएकाे ‘इन्साइडर ट्रेडिङ’को छानबिन गर्न नेपाल धितोपत्र बोर्डले उप-समिति गठन गरेको छ । कम्पनीको सेयर मूल्यमा इन्साइडर ट्रेडिङ गरी मूल्य बढाएको भन्दै बोर्डले उपसमिति गठन गरी छानबिन कार्य अगाडि बडाएको बोर्ड स्रोतले बताएको हो ।

बोर्डले सञ्चालक अम्बिका गिरीको संयोजकत्वमा ४ सदस्यकाे छानबिन समिति गठन गरेको हो । उनीहरूलाई यथासिघ्र छानबिन गरि प्रतिवेदन बुझाउन बाेर्डले निर्देशन दिएकाे छ । र, यदि भित्री काराेबार भएकाे पाइएमा बाेर्डले  नियमअनुसार कारवाही गर्ने पनि बताएकाे छ ।

गत सोमबार अर्थात चैत १६ गते कम्पनीको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेको थियो र ठूलो परिणाममा सेयर कारोबार भएको थियो । र, त्यसको भोलिपल्ट अर्थात चैत १७ गते मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तय गरि सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रकाशित गरेको थियो । र, त्याे दिन पनि कम्पनीकाे सेयर मूल्यमा सर्किट लागेकाे थियाे ।

यससँगै अघिल्लो दिन बिना कुनै सूचना १० प्रतिशतले मूल्य बढ्नु र त्यसको लगत्तै हकप्रद जारी गर्ने भन्ने सूचनाले कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पुष्टि हुने जानकारहरू बताउँछन् ।

त्यस्तै, कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै सेयर मूल्य तथा कारोबार वृद्धि भएको सम्बन्धमा बोर्डले ध्यानाकर्षण गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.