साेमबार घट्याे सुनकाे मूल्य

  २०७७ चैत २३ गते ११:३९     विकासन्युज

काठमाडाैं । सुनकाे मूल्य साेमबार २०० ले घटेकाे छ । साेमबार सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

आइतबार छापवाला सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ७५० रुपैयाँ मा कारोबार हुनेछ । आइतबार तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज ५ रुपैयाँले घटेकाे छ । चाँदी तोलामा एक हजार २३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.