एनसीसी बैंककाे डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

  २०७७ चैत २२ गते १६:२४     विकासन्युज

काठमाडाैं । एनसीसी बैंकले एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले चैत १२ गते एनआईबिएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका वरिष्ठ प्रबन्धक राजेश राज ढुंगेल र एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द् ढुंगानाले हस्ताक्षर गरे ।

बागबजारस्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक, कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.