भरतपुरको सिजी ल्यान्डमार्कमा खुल्याे केएफसीकाे नयाँ आउटलेट

  २०७७ चैत १८ गते १६:४१     विकासन्युज

चितवन । विश्वविख्यात अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ । केएफसीले चितवनको भरपुरस्थित अत्याधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा आफ्नाे नयाँ आउटलेट खोलेको हो ।

उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले बुधबार गरे । नेपालमा केएफसी सञ्चालन देवयानी इन्टरनेसनल नेपाल प्रालिले ल्याएको हो ।

सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवनशैलीमा उचाइ थप्ने उनको भनाइ छ ।

यो रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको छ । यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्नेछ । रेस्टुँराले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत होम डेलिभरी सेवा सुरु गरिसकेको छ । यो रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.