बैंक अफ काठमाण्डूद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

  २०७७ चैत १८ गते १२:३६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ ।

यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंककाे अनुसार ग्राहकहरुले यो सेवा भारतबाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.