मंगलबार ५०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैंछ कारोबार ?

  २०७७ चैत १७ गते ११:२६     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ५०० ले ओरालो लागेको छ । मंगलबार सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

साेमबार छापवाला सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८५ हजार ५५० रुपैयाँ मा कारोबार हुनेछ । साेमबार तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेकाे छ । चाँदी तोलामा एक हजार २१५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.