यूनाईटेड मोदीले यूनाइटेड मेवा खोलामा साढे ६७ करोड लगानी गर्ने

  २०७७ चैत १७ गते १०:५४     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले यूनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ । कम्पनीले ५० मेगावाटको यूनाइटेड मेवा खोलाको कूल जारी पुँजीको ३० प्रतिशत सेयर स्वामित्व रहने गरी ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हाे ।

सभाले लगानी योग्य आयोजनामा लगानी गर्न अख्तियारी दिएसँगै कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

चैत १६ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । यूनाइटेड मेवा खोलाको विभिन्न विवरण अध्ययन तथा विश्लेषण पश्चात उक्त कम्पनीमा लगानी गर्न उपयुक्त देखिएकाले बैठकले सो निर्णय गरेको हो ।

बैठकले यूनाइटेड मेवा खोलाको जगेडामा रहेको प्रतिकित्ता एक सय रुपैयाँ दरका ६७ लाख ५० हजार कित्ता सेयर एक सय रुपैयाँमा नै खरिद गर्ने भएकाे हाे । सोही बमोजिम उक्त कम्पनीसँग सेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.