बैंकका कर्मचारीलाई आउँदो वर्ष एक महिना बिदा, दशैंमा मात्रै ११ दिन घर बस्न पाउने

  २०७७ चैत १२ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैंक बिदाको सूचना सार्वजनिक गर्दै बैंकका कर्मचारीहरुले एक वर्षमा ३२ दिन घर बस्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बिहीबार सार्वजकि गरेको सूचनाका अनुसार एक वर्षमा ३२ दिन बैंक बन्द हुनेछन् । त्यस बाहेक सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरुले मनाउने पर्व अनुसार उनीहरु बिदा लिन पाउनेछन् ।

सार्वजनिक सूचनाका अनुसार नयाँ वर्ष २०७८को वैशाखमा १ गते दिन देशभरका बैंकहरुमा बिदा दिइएको छ । राष्ट्र बैंकका अनुसार बैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । यस्तै, पुषमा बिदा दिइएको छैन भने १ दिन, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।

राष्ट्र बैंकले सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरुको हकमा सम्बन्धित कर्मचारीहरुले स्वयम घोषणा गरी सम्बन्धि विभाग, कार्यालय वा महाशाखामा अग्रिम जानकारी गराउनु पर्ने बताएको छ ।

यसैगरी केन्द्रीय बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.