ज्यासमिन हाइजिनकाे युभि स्टेरलाइजड फेस सिल्ड मास्क बजारमा

  २०७७ चैत १२ गते १०:५९     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी ज्यासमिन हाइजिन प्रोडक्टसले सिल्ड फेस मास्क बजारमा ल्याएको छ । उक्त सिल्ड फेस मास्क नेपालमै युभि स्टेरलाइजड भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ ।

सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नारा का साथ ल्याएको यो फेसमास्कको प्रयोग ले कोभिड-१९ लगायत अन्य भाइरस तथा किटाणुहरुबाट उच्च सुरक्षा दिन्छ ।

युभि स्टेरलाइजड मास्क भएको हुनाले यो आफैमा १००% किटाणु तथा भाइरस रहित भएकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीकाे अनुसार यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । सिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क स्ट्यान्डर्ड १६२८९ः२०१४ को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.