नेपाल मेडिसिटीका विशेषज्ञहरुले विराटनगरमा पनि मुटुरोग उपचार सेवा दिने

  २०७७ चैत ९ गते १६:२४     विकासन्युज

काठमाडाैं । मुटुको विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले विराटनगरमा उपलब्ध गराउने भएको छ ।

अस्पतालले आगामी बैशाख १ गते देखि इन्टरभेन्सन् कार्डियोलोजी लगायत मुटुको अधिकांश विशिष्ट उपचार नेपाल मेडिसिटी अस्पतालले बिराट मेडिकल कलेज टंकी सिनुवरी, विराटनगरबाट सुरु गर्ने भएको हाे ।

एन्जियोग्राफि, एन्जियोप्लाष्टि लगायत क्याथल्याब मार्फत गरीने इन्टर्भेन्सनल कार्डियोलोजी सेवाले विराटनगर लगायत पूर्वाञ्चल भरीकै जनताहरुलाई आकस्मिक मुटुरोग उपचारमा सहजता प्राप्त हुने विश्वास लिइएको छ ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल र विराटनगरस्थित बिराट मेडिकल कलेजले सोमबार एक सम्झौता गरेसँगै नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञहरुले विराटनगरमा सेवा विस्तार गर्ने भएका हुन् ।

उक्त सम्झाैता पत्रमा नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा तथा विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा उपाध्यक्ष डेनिस कार्कीले हस्ताक्षर गरे ।

नेपाल मेडिसिटी अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन डा. नीलमणी उपाध्यायले यो सम्झौता ऐतिहासिक भएको बताएका छन् । विशेषज्ञ चिकित्सकको खोजीमा बिरामीहरुले काठमाण्डौंसम्म पुग्न लामो तथा कष्टकर यात्रा गर्नुपरेको अवस्थामा यसले गुणस्तरीय उपचार सेवा अब बिरामीको घरदैलोमै प्राप्त हुने उनले बताए । ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.