अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५०० डलरसम्मको सटही सुविधा, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

  २०७७ चैत ८ गते १८:२४     विकासन्युज

काठमाडौं । अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरीद बापत भुक्तानी प्रयोजनका लागि ५०० डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत यस्तो सुविधा दिने घोषणा गरेको हो । बार्षिक अधिकतम ५०० डलर वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो ।

कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.