मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयरको सेवामा विशेष छुट पाउने

  २०७७ चैत ३ गते १८:४७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आई केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.