बजार पुँजीकरणले नाघ्यो ३४ खर्ब ६ अर्ब, सात महिनामै ९० प्रतिशतले बढ्यो

  २०७७ चैत ३ गते १७:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ९० प्रतिशतले बढेको छ । गत असार मसान्तको तुलनामा माघ मसान्तसम्मको बजार पुँजीकरण ८९.९९ प्रतिशतले बढेर ३४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जबकी २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, एक वर्षको अवधिमा नेप्से परिसूचक ८७.७३ प्रतिशतले बढेको छ । २०७६ माघ मसान्तमा १३४६ रहेको नेप्से परिसूचक २०७७ माघ मसान्तमा बढेर २५२६.९ बिन्दुमा पुगेको छ ।

२०७७ माघमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.