राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको व्याजदर घट्यो, ऋणीलाई राहत

  २०७७ चैत ३ गते १७:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको व्याजदर घटेको छ । बैंकको व्यवसायिक कर्जामा ०.५ प्रतिशतले व्याजदर घटेको हो । बैंकले व्यवसायिक कर्जामा लाग्ने प्रिमियमदर घटाएसँगै व्याजदर पनि घटेको  बताएकाे हो ।

बैंकका सूचना अधिकारी देवेश प्रसाद लोहनीका अनुसार बैंकले व्यवसायिक व्याजदर घटेको बताए ।

‘पहिले हाम्रो अधिकतम प्रिमियम दर ३.२५ प्रतिशत थियो, अहिले हामीले २.७५ प्रतिशतमा लिएर आयौं, बेसरेट ५.६१ प्रतिशत र ३.२५ प्रतिशत जोड्दा ८.८६ व्याज हुन्थ्यो, अब ८.३६ प्रतिशत मात्र व्याजदर हुने भयो, ०.५ प्रतिशतले व्याजदर घटेको छ,’ उनले भने ।

उनका अनुसार अब बैंकबाट व्यवसायिक कर्जा लिने ग्राहकलाई थोरै भएपनि राहत मिल्नेछ । अब ऋणीले राष्ट्रिय वाणिज्य बैंकबाट ८.३६ प्रतिशत व्याजदरमा ऋण पाउन सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको हाे ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.