दुई दिनमै ५० प्रतिशत बढी बिक्री भयो सनराइज ब्लूचीप फण्डको इकाई

  २०७७ चैत ३ गते १४:४१     विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचीप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा चैत ४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ ।

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने क्यापिटलले जनाएकाे छ ।

सम्बन्धित समाचार

‘सनराइज ब्लूचीप फण्ड’मा लगानी गर्नेले वार्षिक २२% प्रतिफल पाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.