बैंक अफ काठमाण्डूको सञ्चालकमा तीन जना निर्वाचित

  २०७७ चैत ३ गते ११:५७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । आज (चैत ३ गते) सम्पन्न बैंककाे विशेष साधारणसभाले कम्पनीकाे सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेकाे हाे ।

सभाले गोबिन्द प्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल जोशीलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिमा निर्बिरोध निर्वाचित गरेकाे हाे ।

उक्त सभा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

बैंकले हाल ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.