अपर तामाकोशीबाट १५० मेगावाट विद्युत उत्पादन हुन थाल्यो

  २०७७ फागुन २८ गते १२:२१     विकासन्युज

काठमाडौं । अपर तामाकोशी जलविद्युत आयोजनाले १५० मेगावाट विद्युत उत्पादनको परीक्षण सफल भएको छ । ६ वटा टर्वाइन रहेकाे आयोजनामा हालसम्म सो परिमाणको विद्युत उत्पादनको परीक्षण सफल भएको हो ।

आयोजनाले फागुन पहिलो साता विद्युत उत्पादनको परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा सफल भएको आयोजना स्रोतले जानकारी दिएको छ । कुल ४५६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको सो आयोजनाको १५० मेगावाट परिमाणको विद्युत उत्पादन भएको स्रोतले जानकारी दियो ।

आयोजनाले ६ वटै टर्वाइनबाट परीक्षण उत्पादन सफल भएपछि उद्घाटन गर्ने लक्ष्य राखेको छ । सबै टर्वाइनको बैशाख पहिलो सातासम्ममा परीक्षण उत्पादन हुने र त्यसपछि उद्घाटन गरिने कार्यक्रम रहेको छ । ढिलोमा पनि आगामी असारदेखि अपर तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन् सुरु भएर राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जानकारी दिएको छ ।

सो आयोजनाको विद्युत वितरणको लागि प्रसारण लाइन निर्माण भइसकेको छ । त्यसैकारण उत्पादन सुरु भएदेखि नै विद्युत वितरण गर्न सकिनेछ । सुरुमा ३५ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिने भनेको सो आयोजनाको लागत बढेर ८६ अर्ब रुपैयाँ पुगिसकेको छ । यस्तै आयोजना निर्माण हुने समय पनि बढेको छ ।

सम्बन्धित सामग्री

तामाकोशीमा एक महिनाभित्रै बिजुली उत्पादन हुन्छ, वार्षिक ९ अर्ब कमाउँछौं: विज्ञान श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.