सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर विराटचोककाे करदाता सेवा कार्यालयमा

  २०७७ फागुन २६ गते १६:५३     विकासन्युज

काठमाडाैं । सिभिल बैंकले मोरङ जिल्ला विराटचोककाे करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले गरे ।

याेसँगैं त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित ७ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ४ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।

साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् भने हालसम्म बैंकले करिब ८१ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७४ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.