लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा

  २०७७ फागुन २६ गते १२:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले लुम्बिनीमा क्युआर कोड सेवा तथा वि च्याट पे सुरु गरेको छ ।

स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा माया देवि मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।

उक्त सेवा संचालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरी चाइनिज पर्यटकले वि च्याट पे को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.