ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गर्ने ४ जना ट्राफिक प्रहरीलाई नाडाको सम्मान

  २०७७ फागुन २१ गते १७:५२     विकासन्युज

काठमाडौं । ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गर्ने ४ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि उत्कृष्ट काम गर्ने ४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो ।

उनीहरुलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेवाङले सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखामा कार्यरत दामोदर सिलवाल, गाैशाला प्रहरी  वृतमा कार्यरत जिवराम खतिवडा, सिँहदरबारमा कार्यरत शान्तिकला थापा र कोटेश्वर बृतमा कार्यरत तेज बहादर खड्का रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.