प्रिमिएर इन्टरनेसनल स्कुलले पायाे विशिष्ठ श्रेणीको विद्यालय सञ्चालनकाे अनुमति

  २०७७ फागुन १७ गते १६:४९     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिका प्रिमिएर इन्टरनेसनल आईबी वर्ल्ड स्कूल सातदोबाटोलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विशिष्ठ श्रेणीको विद्यालय सञ्चालन अनुमति प्रदान गरेको छ ।

शिक्षा नियमावली २०५९ को (संशोधन सहित) नियम १५४ को अनुसुचि २१ बमोजिम आफ्नो स्कूल भित्रको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तर सँग–सँगै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि गर्न सक्ने योगदान र क्षमता हेरी दिइएको उक्त उच्चस्तरीय मान्यताका लागि उक्त अनुमति प्रदान गरिएको हो ।

प्रिमिएर इन्टरनेसनल आई. बी. वर्ल्ड स्कूलले प्रिमियर एडुकेसन नेटवर्कको अभिन्न अङ्गका रूपमा किन्डरगार्डेन देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई शिक्षा दिँदै आएको छ ।

प्रिमिएर स्कूल नेपालमा विश्व मान्यता प्राप्त आइबी पिवाइपि र आइबी एमवाइपीको पाठ्यक्रम भित्र्याउने अग्रणी स्कूल हो ।

स्कुलकी शैक्षिक शाखा प्रमुख प्रविना थापाले यस अनुमतिले स्कूल भित्रको शैक्षिक गुणस्तर, पूर्वाधार र सेवाहरूका साथ–साथै विद्यालयले सार्वजनिक शिक्षाको स्तर बढाउनका लागि थप हौसला प्रदान गरेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.