च्याटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दावी गर्न सकिने

  २०७७ फागुन १२ गते १७:०६     विकासन्युज

काठमाडौं । च्याटबोटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो ।

कम्पनीको च्याटबोटबाट इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएकाहरुले जहाँबाट पनि इन्स्योरेन्स गराउन सक्नेछन् । च्याटबोट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध सबै पोलिसिहरुको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ ।

यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्नेछन् ।

च्याटबोटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुध्न पर्दैन । च्याटबोट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ ।

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबोट सुरु गर्ने पहिलो कम्पनी हो  शिखर इन्स्योरेन्स ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.