दुई लघुवित्तको पौने १२ लाख बढी बोनस सेयर सूचीकृत

  २०७७ फागुन १२ गते १४:५२     विकासन्युज

काठमाडौं । नेप्सेमा सूचीकृत २ लघुवित्तको ११ लाख ८१ हजार ९७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार एकैदिन आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये आशा लघुवित्तको १५ प्रतिशत अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, वोमी लघुवित्तको ३० प्रतिशत अर्थात ८ लाख ३३ हजार ५४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै दुई संस्थाको सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । त्यसपछि दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.