सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सुर्खेत जिल्लाको तरङ्गामा

  २०७७ फागुन ११ गते १३:१९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बराहताल गाउँपालिकामा १०८ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त सेवा संचालनका लागि स्थानिय व्यवसायी टेक बहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाईएको बैंकले जनाएकाे छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम. र १०८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.