आइएमई र अल अहलिया एक्स्चेन्जबीच अनलाइन रेमिट्यान्स सम्झौता

  २०७७ फागुन १० गते १५:३०     विकासन्युज

काठमाडौं । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको युएइस्थित कम्पनी अल अहलिया एक्स्चेन्ज, आइएमई र आइएमईको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी ( मनी ट्रान्सफरको लागि सम्झौता भएको छ ।

सम्झौतापछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपालीले सिधै पैसा पाउने आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए ।

वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।

रेमिटेन्स सेवाका लागि पर्यायवाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रबन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताए । जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.