आईपीओ जारी गर्न ज्योति लाइफ इन्स्योरेन्सले पायो अनुमति

  २०७७ फागुन ९ गते १५:४६     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत फागुन ७ गते नै बोर्डबाट अनुमति पाएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।

कम्पनीले साे मात्राकाे सेयर जारी गर्न गत मंसिरकाे अन्तिम सातातिर नियामक निकाय धिताेपत्र बाेर्डमा फाइल पठाएकाे थियाे ।

सम्बन्धित समाचार

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ जारी गर्दै, फाइल धितोपत्र बोर्डमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.