सिभिल बैंकको प्रस्तावित लाभांश पारित, मर्ज तथा प्राप्तिको लागि सञ्चालक समितिले पायो अख्तियारी

  २०७७ फागुन ९ गते १४:१६     विकासन्युज

काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज (फागुन ९ गते) आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारण सभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पाउने छन् ।

साथै सभाले आ.व. २०७७/०७८को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनःनियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

बैंकले ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस अवधिमा बैंकले ७८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

सम्बन्धित समाचार

सिभिल बैंकले घोषणा गर्यो दुई वर्ष यताकै उच्च लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.