सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, सोमबारदेखि किनबेच हुने

  २०७७ फागुन ९ गते १३:०१     विकासन्युज

काठमाडौं । सानिमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रति अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको सो मात्राको ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ (ऋणपत्र) सूचीकरण भएको हो ।

उक्त सूचीकरण सम्बन्धि बैंक र नेप्सेबीच आज (फागुन ९ गते) सम्झौता भएको हो । यससँगै भोलि(फागुन १० गते)देखि दोश्रो बजारमा सेयर कारोबार खुल्ला हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.