चाबहिलकाे पसलमा बङ्गलादेश बैंककाे क्यूआर कोडबाट कारोबार सुरु

  २०७७ फागुन ७ गते १६:५८     विकासन्युज

काठमाडौं । चाबहिलकाे पसलमा नेपाल बङ्गलादेश बैंककाे क्यूआर कोडबाट कारोबार सुरु भएकाे छ । बैंकले  काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोड मार्फत काराेबार सुरु गरेकाे हाे ।

उक्त काराेबारकाे औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका व्यापारी वर्गलाई क्युआर कोड वितरण गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरीक्यू आर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराएका थिए । बैंकले ग्राहक तथा व्यापारी वर्गहरुको सुविधालाई ध्यानमा राखी निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.