विद्यालय भवन बनाउन बाल सारथीलाई महालक्ष्मी विकास बैंककाे ५ लाख सहयोग

  २०७७ फागुन ६ गते १५:५७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई आर्थिक सहयाेग गरेकाे छ ।

बैंकले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहयाेग गरेकाे हाे ।

बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालीकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।

देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.