नेशनल माइक्रोफाइनान्स लघुवित्तको फागुन १४ गतेदेखि बुक क्लोज

  २०७७ फागुन ४ गते १६:४२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी फागुन १४ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि चैत ५ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यससँगै फागुन १३ गतेसम्म कायम सेयरधनीले संस्थाको लाभांश पाउने छन् र सभामा भाग लिन पाउने छन् । लघुवित्तको वार्षिक साधारणसभा आगामी चैत ५ गते बिहीबार बस्दै छ ।

उक्त सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । संस्थाले चुक्ता पुँजीको २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ३१ करोड ९४ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.