लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा, बिना कुनै कागजपत्र २ लाखसम्मको कर्जा लिन सकिने

  २०७७ फागुन ४ गते ११:१०     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने बैंकले जनाएकाे छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएकाे जनाएकाे छ ।

बैंककाे अनुसार यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिने र यो पुर्व स्वकृति हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ ।

यस कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.