सभामा जान लाइफ इन्स्योरेन्स कर्पोरेशनले तोक्यो बुक क्लोजको मिति

  २०७७ फागुन २ गते १३:३७     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारणसभामा जानको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यससँगै फागुन ६ गतेसम्म कम्पनीको सेयर कारोबार गरेका तथा कम्पनीको सेयर होल्ड गरेका लगानीकर्ताले प्रस्तावित लाभांश पाउने तथा सभामा भाग लिन पाउने छन् ।

कम्पनीको सभा आगामी फागुन २५ गते बस्दै छ । कम्पनीकाे १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

सम्बन्धित समाचार

लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोलायो वार्षिक साधारणसभा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.