नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई १० लाख प्रदान

  २०७७ माघ २५ गते १४:३०     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले जाडोयाममा  विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’  सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टाेलीलाई सम्मान गरेकाे छ । गएकाे माघ ३ गते नेपाली टाेलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका थिए ।

बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले टाेलीलाई सम्मान गर्दै १० लाख पनि प्रदान गरेकाे छ । बैंकले एक कार्यक्रम मार्फत उक्त १० जनाकाे टाेलीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेकाे हाे ।

क्रूरता हिमाल उपनाम दिइएकाे केटु चढ्नलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा यसमा चढ्नलाई लगभग असम्भव रहेकाे थियाे ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.