नयाँ सहकारी बैंक स्थापनाले गति लियो, आज दर्ता हुने

  २०७७ माघ २५ गते १०:१३     विकासन्युज

काठमाडौं । सहकारी क्षेत्रको लागि अर्काे बैंक स्थापनाको प्रक्रियाले गति लिएको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेको भन्दै नयाँ बैंक स्थापना गर्न लागिएको हो ।

आउन लागेको नयाँ बैंकको नाम नेपाल सहकारी बैंक प्रस्ताव गरिएको छ । बैंकको अध्यक्षमा लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी छन् । बैंक दर्ताको लागि आज साढे १२ बजे सहकारी विभागमा जाने कार्यक्रम रहेको प्रस्तावित बैंकका संचालनहरुले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेकोले सहकारी क्षेत्रलाई अझ व्यापक र परिणामुखी बनाउन नयाँ सहकारी बैंक स्थापनाको पहल गरिएको नेपाल सहकारी बैंक स्थापनाको लागि गठन गरिएको विज्ञ समुहका संयोजक डा. ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

अहिले नेपालभर ३० हजारभन्दा बढी सहकारी संघ/संस्थाहरु संचालनमा छन् । यी संघरसंस्थाहरुले १० खर्ब रुपैयाँभन्दा बढीको पूँजी परिचालन गरी ३ लाखभन्दा बढी नागरिकहरुलाई रोजगारी उपलब्ध गराएका छन् । सहकारी संघ/संस्थाहरुबाट ७३ लाखभन्दा बढी नागरिकहरुले प्रत्यक्ष सेवा तथा सुविधाहरु प्राप्त गरेका छन् ।

सहकारी संघ/संस्थाहरुमा ९७ अर्ब रुपैयाँभन्दा बढीको सेयर पुँजी छ । यस्तै, ४ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन भएको छ भने २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी छ ।

अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा २ अर्ब २२ करोड रुपैयाँ पुँजी रहेको छ भने करिब १२ हजार सहकारी संघ/संस्था सहभागी भएका छन् । राष्ट्रिय सहकारी बैंकले करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३० अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गरेको छ । राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता पनि भएकोले नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको डा. पौडेलले बताए ।

प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघरसंस्थाहरु आवद्ध भइसकेको र माघ १६ गतेसम्ममा करिब ७ सय संघ संस्था पुग्ने अनुमान गरिएको डा. पौडेलले जानकारी दिए ।

पब्लिकमा जाने अवधारणा

सहकारी संघरसंस्थाहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छैन । तर, सहकारी संस्थाहरुले स्थापना गरेका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने अन्तराष्ट्रिय अभ्यास भएकोले आफू त्यतातिर जाने तयारीमा रहेको डा. पौडेलले बताए ।

सम्बन्धित समाचार

नेपाल सहकारी बैंकलाई काँग्रेसको पूर्ण सहयोग, उपसभापति भन्छन्- दर्ता प्रकृयामा जानुस्, कसैले रोक्न सक्दैन

राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै, पब्लिकमा पनि जाने अवधारणामा प्रस्तावित नेपाल सहकारी बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.