शनिबार नेपालभर ९९ जनामा संक्रमण पुष्टि

  २०७७ माघ २४ गते १६:४६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ९९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ९५९ पुगेकाे छ ।

नेपालमा आजसम्म २० लाख ९१ हजार १६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २४८ जना निकाे भएसँगैं हालसम्म २ लाख ६७ हजार ८१२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्‍यु भने भएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.