बिहिबार १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

  २०७७ माघ २२ गते १६:२५     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३ हजार ६९३ पुगेकाे छ ।

नेपालमा आजसम्म २० लाख ८५ हजार ५७३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २२७ जना निकाे भएसँगैं हालसम्म २ लाख ६७ हजार २९२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २०३३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.