टेलिकमद्वारा फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात

  २०७७ माघ २२ गते १२:००     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले देशभर फाेरजी माेबाइल चलाउन मिल्नेगरी फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात गरेकाे छ ।

टेलिकमले बिहिबार आफ्नाे १७ ओैं वार्षिकाेत्सवकाे अवसरमा फाेरजी वायरलेस ब्राेडव्याण्ड सेवाकाे सुरुवात गरेकाे हाे ।

एफटीटीएच वा तारवाला टेलिफाेन नपुगेकाे वा वाइफाइ सेवा उपलब्ध नभएकाे तर वायलेस माध्यमबाटै धेरै डाटा चलाउन ग्राहकहरुले कस्टमर प्रिमिसेस इक्युपमेन्ट प्रयाेग गरी सुलभ दरमा यस सेवाकाे प्रयाेग गर्न सक्नेछन् । हाल याे सेवाकाे प्रति महिना ६० जिबीकाे ९ सय, १२० जिबीकाे १५ सय र वार्षिक ९ हजार ६ सय मा ७२० जिबी र १६ हजारमा १४४० जिबी उपलब्ध हुनेछ कम्पनीले जनाएकाे छ ।

याेसँगैं टेलिकमले मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाकाे पनि सुरुवात गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.