अब अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सकिने, एनआईबिएलले शुरू गर्याे नयाँ सेवा

  २०७७ माघ १५ गते १७:५६     विकासन्युज

काठमाडौं । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले एनआईबिएल एस क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता र मेरो सेयर दर्ता गर्न सक्ने भएका छन् । नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले माघ १५ गतेदेखि विद्युतिय प्रणाली मार्फत डिम्याट खाता साथै मेरो सेयरदर्ता सेवा सुचारु गरेको हो ।

क्यापिटलले आफ्ना सेवा प्रवाहलाई झन्झट रहित सरल एवं सहज बनाउने उद्देश्यसहित हितग्राही खाता (डिम्याट खाता) खोल्न तथा मेरो सेयरदर्ता विधुतीय प्रणाली(अनलाइन) मार्फत गर्न सकिने व्यवस्था मिलाएको हो ।

यसअघि कम्पनीेले विद्युतीय प्रणाली(अनलाइन) मार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना एनआईबिएल म्युचुअल फण्ड) का ईकाईहरु खरिद गर्न सक्ने व्यवस्था गरिसकेको छ । साथै, आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्देै यस कम्पनीले आगामी दिनमा पनि विद्युतीय प्रणालीबाट आफ्ना सेवा-सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.