पोखरा फाइनान्सको खुद नाफा साढे ७१ प्रतिशतले बढ्यो, अधिकांश सुचकमा सुधार

  २०७७ माघ १५ गते ११:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पोखरा फाइनान्सको खुद नाफा ७१.५३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सो अवधिमा संस्थाको नाफा बढेर ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

संस्थाले प्रकाशित गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको अधिकांश सुचकमा सुधार भएको छ । वित्तीय संस्थाको खुद व्याज आम्दानीमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८० प्रतिशतले वृद्धि भई १९ करोड ६२ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफामा ७० प्रतिशतले वृद्धि भई १३ करोड ८४ रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा वित्तीय संस्थाको निक्षेप ८ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने कर्जा लगानी ७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी २१.१२ रुपैयाँ रहेको छ ।

पोखरामा प्रधान कार्यालय रहि सञ्चालित यस वित्तीय संस्थाले देशभर कुल २३ वटा शाखामार्फत आफ्नो सेवा प्रवाह गरिरहेको छ । सम्भाव्य स्थानको पहिचान गरी शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य यस वित्तीय संस्थाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.