सुपरमादी हाइड्रोले ३१ करोडको सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

  २०७७ माघ १४ गते १७:४९     विकासन्युज

काठमाडौं । सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरको ३१ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्न लागेको हो ।

सो मात्राको सेयर निष्काशन गर्नको लागि कम्पनीले सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपरमादी हाइड्रोपावरका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हालमादी गाउँपालिका अवस्थित मादीखोलामा निर्माणाधिन सुपरमादी जलविद्युत आयोजनामा (४४ मे.वा.) लगानी गर्न सो मात्राको सेयर जारी गर्न लागेको हो ।

सुपरमादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६५ साल माघ ३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादीगाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गा.वि.स.) मा बहने मादीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिब ६५ प्रतिशत सम्पन्न भएको छ । त्यस्तै, आगामी २०७८ साल पुस महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.