नेपाल इन्भेष्टमेण्ट बैंककाे सिटी एक्सप्रेस फाइनान्ससँग एकिकृत काराेबार सुरु

  २०७७ माघ ११ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग आइतबारदेखि एकिकृत काराेबार सुरु गर्ने घोषणा गरेकाे छ । उक्त संयुक्त काराेबार बैंककाे घन्टाघर, बिर्तामोड र गाईघाटकाे तीन शाखाबाट सञ्चालन गरिने बैंकले जनाएकाे छ ।

यसरी सिटी एक्सप्रेस फाइनान्ससँग गरिएकाे एकिकृत काराेबारले ग्राहकहरुलाई थप राम्राे सेवा दिने विश्वास रहेकाे बैंकले जनाएकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.