मेरो माइक्रोफाइनान्सले ट्राफिक प्रहरीलाई दियो २०० थान फ्लोरोसेन्ट ज्याकेट

  २०७७ माघ ७ गते १६:५८     विकासन्युज

काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडाैंलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेकाे छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडाैंलाई उक्त ज्याकेट प्रदान गरेको हाे ।

संस्थाले सडक दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त ज्याकेट प्रदान गरेकाे हाे । संस्थामा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडाैंका प्रमुख जनक भट्टराईलाई साे सामाग्री हस्तान्तरण गरिएको हो ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भलाई स्मरण गर्दै रात्रिकालिन समयमा फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यमहरुमा आउने गरिएकोले ज्याकेट वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

महानगरीय प्रमुख भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्दै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.