बैंक अफ काठमाण्डूका ग्राहकलाई लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट

  २०७७ माघ ६ गते १५:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लेभी रेष्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डूले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.